वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ नेपाली कलाकार सुनिल थापा आज बिहान निधन भएका छन्। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको निधन हृदयघातका कारण भएको हो।
थापा नेपाली चलचित्रमा खलनायकको भूमिकामा लोकप्रिय थिए र ‘राते काइँला’ नामले समेत चर्चित थिए। उनी लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए र शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए।