शङ्खरापुर बस दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा भएको बस दुर्घटना परी ४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक ३ जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।