बर्दियाका वन्यजन्तु पीडितले गरे रत्नपार्कमा प्रदर्शन
बर्दियाका वन्यजन्तु पीडितहरूले रत्नपार्कमा प्रदर्शन गरेका छन् । नागरिक समाज बर्दियाको अगुवाइमा भएको प्रदर्शनपछि आयोजित कोणसभामा वक्ताहरूले विगत धेरै वर्षदेखि बाघ र हात्तीबाट प्रत्येक हप्ताजसो मानिसहरूको ज्यान लिइरहे पनि सरकारले आम मानिसको सुरक्षाप्रति चासो नदेखाएको गुनासो गरे ।
उनीहरुले समस्या समाधानमा सरकारको ध्यानाकर्षण गर्दै उपयुक्त कदम चाल्न आग्रह समेत गरे । कार्यक्रममा नेकपा (संयुक्त)का केन्द्रीय सदस्य तथा प्रभावित क्षेत्र निवासी निता शर्माले सरकारले अविलम्ब समस्या समाधान नगरे आन्दोलन घोषणा गर्ने चेतावनी दिइन् ।
उनले भनिन्– ‘सरकारले तत्काल समस्या समाधानमा गर्नुपर्छ, अन्यथा हामी सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य बन्नेछौ ।’