नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र
नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ । राजधानीको भृकुटीमण्डपमा महाधिवेशनका लागि स्टेज बनाउने काम तीव्र रूपमा भइरहेको छ । अहिले भृकुटीमण्डपमा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेको हो । आइतबार हुने उद्घाटन समारोहका लागि अहिले स्टेज ब्यानरले सजाउन सुरु गरिएको छ ।