काठमाडाैँकाे गैरीगाउँमा भीषण आगलागी
सिनामंगलबाट गैरीगाउँ जाने तर्फ कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी भन्छन् ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल गइसकेको छ ।’
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ । त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि केहि जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् ।