गैरीगाउँमा आगलागी: लोयला स्कूल पनि प्रभावित
काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि लोयला सेकेन्डरी स्कुलमा पनि आगो लागेको छ । महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार स्कुलको प्रिफ्याफ भवनमा आगलागी भएको हो । आगलागीबाट स्कुलका भवनको संरचना र कागजातहरू समेत नष्ट भएको छ ।
‘आगलागी नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेका छौँ । नियन्त्रणमा आउँदै छ । स्कुलबाट आगो फैलन नदिन दमकलहरूले निरन्तर खटिरहेका छन्,’ जोशीले भने ।
आगलागी भएको आधा घण्टासम्म नियन्त्रणमा आउन सकेको छैन भने सिनामंगलबाट छिर्ने दमकलहरू भने बाटो साँघुरो भएर छिर्न सकेका छैनन् । त्रिभुवन विमानस्थलको सहित केहि दमकलहरू आएपनि साँघुरो गल्लीका कारण रोकिएका छन् ।