विशेष महाधिवेशन : सभापतिमा लड्न चार जनाले लिए मनोनयनपत्र
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सभापतिका लागि चार जनाले मनोनयनपत्र लिएका छन् । मंगलबार साँझ साढे ७ बसेसम्म उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार हालसम्म सभापति लड्ने भन्दै चार जनाले मनोनयनपत्र लिएका हुन् । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
गत आइतबारदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।