रास्वपाबाट नाम हटेपछि टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्ष उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट नाम हटाएइकी टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन हुम्लाको पार्टी पङ्क्ति नै धर्ना समेत बसेको थियो। पार्टी हुम्लाको दबाबका कारण उनले उम्मेदवारी दर्ताको दिन मात्रै टिकट पाएकी थिइन्।
जलवायु अभियन्ताको छवि पाएकी टासी यसअघि मन्त्री बन्ने चर्चामा थिइन्। त्यतिबेला मन्त्री बन्न रोकिएकी टासी पार्टीको आन्तरिक प्रतिस्पर्धा, चुनावमार्फत समानुपातिक बन्दसूचीमा परेकी थिइन्। तर पार्टीले उनको नाम झिकिदिएको थियो।