एमाले सचिवालय बैठकमा सहभागी हुन पुगे नेताहरू
नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुगेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन एमालेको सचिवालयको बैठक बोलाइएको हो।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए ।
एमालेका क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।