धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सुनसरीको धरानमा आइतबार बस दुर्घटना भएको छ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटना भएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए ।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव थेबेले जानकारी दिए ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।