डा. रामजी रामले पनि लिए रास्वपाको समानुपातिकबाट नाम फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि फिर्ता लिएका छन् । दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राख्दै उनले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिएको जानकारी फेसबुकमार्फत दिएका छन्।
बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उनले बताएका छन् । संसद् मात्र परिवर्तनको माध्यम होइन, सामाजिक चेतनाका विभिन्न मोर्चाबाट पनि न्यायका लागि लड्न सकिन्छ भन्ने आफ्नो विश्वास र जीवन अभ्यास उनले व्यक्त गरेका छन्।
समानुपातिक उम्मेदवारबारे सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्न थालेपछि नाम फिर्ता लिनेको संख्या बढ्न थालेको छ ।