गोकुलगंगा–१ चुचुरेमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु
रामेछाप — रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा स्थानीय भिम कार्कीको ज्यान गएको हो। प्राप्त जानकारीअनुसार ट्र्याक्टर पल्टिन लाग्दा त्यसलाई जोगाउने प्रयास गर्ने क्रममा अचानक ट्र्याक्टर पल्टिँदा कार्की ट्र्याक्टरले च्यापिएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनापछि सम्बन्धित निकायले दुर्घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ। यस दुःखद घटनाले चुचुरे गाउँसहित सम्पूर्ण गोकुलगंगा क्षेत्र शोकमा डुबेको छ।