आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दल र आयोगबिच छलफल
निर्वाचन आयोगले आगामी निर्वाचन र निर्वाचन आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल भइरहेको जानकारी दिए ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता तयार गरिसकेको छ । तर कहिलेबाट आचारसंहिता कार्यान्वयनमा लैजाने भनेर निर्णय गर्न बाँकी छ ।