बालिकालाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराएकाे आराेपमा दुई जना पक्राउ
बालिकालाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस १२ गते काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकको सडक खण्डमा बा.ज. २३२७ नम्बरको ट्याक्सीमा शङ्कास्पद रूपमा दुई जना बालिकालाई लिएर जाँदै गरेको अवस्थामा फेला पारिएको थियो। प्रहरीले तत्काल ट्याक्सी रोकी पछाडिको सिटमा रहेका बालिकाहरूको उद्धार गरेको हो।
ट्याक्सीभित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने तथा रकमको विषयमा सौदाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडाैँका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए ।
उनीहरूले महिला तथा बालबालिकालाई ललाईफकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएको देखिएपछि पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार कसुर तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर जिल्ला, गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन तामाङ र दोलखा जिल्ला, मेलुङ गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ जिल्ला, लोलाङ बस्ने ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन् ।