राष्ट्रिय सभा निर्वाचन : सरोज कुमारी झाद्वारा उम्मेदवारी दर्ता
राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को तर्फबाट सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् ।
महिला क्लस्टरमा मनोनयन दर्ता गरेकी झाको मीना लामा प्रस्तावक र सीता पुलामी मगर समर्थक रहेकी छन् ।