कांग्रेस र एमालेसँग कुरा नमिलेपछि एक्लै लड्न प्रचण्ड-माधवले बाँड्न थाले टिकट
नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रियसभामा चुनावी तालमेलको कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टीले १८ सीटमा एकल उम्मेदवारी दिने भएको छ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका हुन्। नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोटमा प्रचण्ड माधव लागेका छन्।
नेकपाले ३ सीटमा चित्त नबुझाएपछि कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन्।