विशेष महाधिवेशनको पक्षमा खुले लुम्बिनीका प्रदेश सांसद खड्का
नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेका अनुराज खड्का विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
उनी कांग्रेस नेता समेत रहेका खुम बहादुर खड्काका छोरा पनि हुन् । उनी गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको हलमा पुगेर उनी खुलेका हुन् । सभापति शेरबहादुर देउवासहितको असहमतिबीच विशेष महाधिवेशन जारी छ ।
जारी बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईवटा प्रतिवेदन पेश गरेका छन् । उनीहरूले पेश गरेको प्रतिवेदनमाथि केहीबेरपछि समूहगत छलफल हुनेछ ।