तनहुँमा तीन शव फेला, अनुसन्धान जारी
तनहुँ, २६ पुस । शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न स्थानमा आज तीन वटा शव फेला परेका छन्।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार, नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र सोही वडाको जनकल्याण मावि नजिकको जंगलमा एक महिलाको शव फेला परेको छ।
प्रहरी निरीक्षक धननारायण श्रेष्ठले मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।