टिकटक सुटिङको नाममा हतियारसहित ‘सो अप’ गर्ने दुई युवक पक्राउ
टिकटकको सुटिङ भन्दै हातमा राइफल, पेस्तोल र खुकुरी बोकेर मोटरसाइकलमा ‘सो अप’ गर्ने दुई युवकलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
राइफलसहित विभिन्न हतियार बोकेर खुलेआम हिँड्ने उनीहरू कुनै गम्भीर आपराधिक कसुरमा संलग्न रहेको आशङ्का प्रहरीले गरेको थियो ।
शनिवार रातभरिको गतिविधिलाई सीसीटीभी फुटेजको अध्ययनपछि प्रहरी वृत्त, सातदोबाटोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको एफजेट मोटरसाइकलमा सवार थिए ।
पक्राउ पर्नेमध्ये किरण घिमिरेलाई अभद्र व्यवहार मुद्दा चलाइने ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका अर्का युवकको उमेर १५ वर्ष भएका अभिभावकको जिम्मा लगाइएको छ । उनीहरूबाट प्रहरीले एउटा नक्कली थ्री नट थ्री राइफल, दुई वटा नक्कली कटुवा पेस्तोल र एउटा नक्कली खुकुरी बरामद गरेको छ ।