रुपन्देही–२ मा डा. निकोलस भुसालको उम्मेदवारी
युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न आन्दोलनहरूका कारण चर्चामा रहेका भुसालले ठूला राजनीतिक दलहरूका स्थापित नेताहरूलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रने निर्णय गरेका हुन् । रुपन्देही–२ लाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बलियो पकड भएको क्षेत्रका रूपमा हेरिन्छ ।