उनेपाकी ज्योत्सना सैंजूले काभ्रे-२ बाट गराइन् मनोनयन दर्ता
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टी (उनेपा) की उम्मेदवार ज्योत्सना सैंजूले उम्मेदवारी दर्ता गरेकी छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । उनी उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य हुन् । उनको प्रस्तावकमा रविकराज कायस्थ र समर्थकमा रविन कायस्थ रहेका छन् ।