कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।
मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी पेस गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार, सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।