स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन बनेको थियो ।
बीमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
डा. पौडेल मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् । सरकारी अस्पताललाई भुक्तानी गर्ने रकम रोकेर निजीलाई मात्र दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि डा. काफ्लेले पदबाट राजीनामा दिएका थिए ।