जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजनन्द माण्डव्यले सहिद भएका युवाका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।