दैलेख-१ मा एमालेका ५ जना उम्मेदवार सिफारिस
नेकपा एमाले दैलेखले क्षेत्र नम्बर- १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकाङ्क्षीहरूको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
सोमबार बसेको निर्वाचन क्षेत्र नम्बर- १ क्षेत्रीय समन्वय कमिटीले ५ जना नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
जसमा पूर्व सांसद रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, नन्दकिशोर बस्नेत, रत्नबहादुर खड्का र लीला विसीको नाम रहेको छ । खड्का यसअघि नारायण नगरपालिकाको मेयर भइसकेका नेता हुन् ।
यो क्षेत्रमा ०७९ मा एमालेबाट विभाजित भएको एकीकृत समाजवादीका अम्मरबहादुर थापाले चुनाव जितेका थिए । अहिले सिफारिस भएका रवीन्द्रराज शर्मा पराजित भएका थिए ।
कुनै बेला एमालेमै रहेका थापा तत्कालीन नेकपा विभाजनका क्रममा समाजवादीतिर लागेका थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट यही क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस छन् ।