रमेश लेखकविरुद्धको स्थान हद फुकुवा
१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकविरुद्ध सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले यसअघि स्थान हद लगाएको थियो।
बुधबार आयोगले लेखकसँग पुरक बयान लिएपछि उनीविरुद्धको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका अनुसार आवश्यक बयान तथा तथ्य संकलन पूरा भइसकेपछि स्थान हद कायम राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो।
जेनजी आन्दोलनका घटनालाई लिएर आयोगले सम्बन्धित पक्षहरूसँग बयान लिने र प्रमाण संकलन गर्ने प्रक्रिया अघि बढाइरहेको छ।