राष्ट्रिय मानवअधिकार आयोगमा ओलीको बयान जारी
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिइरहेको छ । आयोगकी सदस्य लिली थापाले ओलीसँग अहिले सोधपुछ गरिरहेको जानकारी दिइन् ।
‘उहाँसँग अहिले सोधपुछ भइरहेको छ,’ सदस्य थापाले भनिन् । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो ।
२३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।