पाँच महिनामा आर्थिक गतिविधिमा सुधारको संकेत
काठमाडौं, २५ पुस
चालु आर्थिक वर्षको पाँचौं महिना बित्दासम्म आर्थिक गतिविधिमा सुधारका संकेत देखिएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निर्माण क्षेत्रमा सामान्य गति देखिँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जामा समेत सुधार आएको छ। केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षका पाँच महिनामा निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ।
त्यसैगरी उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.५ प्रतिशत तथा सेवा उद्योग क्षेत्रमा ०.४ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार कर्जा विस्तारसँगै आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा अघि बढेको संकेत देखिएको छ।