सुनको मुल्य २ हजार १०० रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।