तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको धनमाल चोरी
काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको हो।
चोरी भएको धनमालमा महँगा सुनका गहना र उल्लेख्य नगद रहेको बताइएको छ। प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै घटनास्थल पुगेर मुचुल्का उठाएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजीका लागि महानगरीय प्रहरी वृत्त र मातहतका टोलीहरू परिचालन गरिएको छ।