भोलि बिहान ८ बजे बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक केहीबेरमै स्थगित
काठमाडौँ, २९ पुस — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ।
बैठक सुरु हुनुअगावै खड्का बैठक कक्षबाट बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए। बैठक केही समय चलेपछि गुरुङले भोलि बिहान ८ बजे पुनः बैठक बस्ने जानकारी गराएका थिए।
आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधर मानिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सहभागी भएका थिएनन्।
केन्द्रीय समिति बैठक अल्प समयमै स्थगित भएपछि पार्टीभित्रको आन्तरिक छलफल र विशेष महाधिवेशनसम्बन्धी मतभेद थप स्पष्ट देखिएको छ।