कोशी प्रदेशमा एमालेले गर्यो १४ जिल्लाबाटै उम्मेदवार सिफारिस
आगामी फागुन २१ गतेको निर्वाचनको लागि कोशी प्रदेशबाट एमालेका चार जनाको नाम एकल सिफारिस भएको छ। नेकपा एमालेको आज विराटनगरमा बसेको कोशी प्रदेश कमिटीको सचिवालय बैठकले चार जनाको नाम एकल सिफारिस गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट, नेकपा एमालेका सचिव शेरधन राई भोजपुरबाट सिफारिस गरिएको छ । त्यस्तै, सुनसरी–४ बाट जगदीश कुशेत र इलाम–२ बाट सुहाङ नेम्वाङको नाम एकल सिफारिस भएको हो ।
कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । धनकुटाबाट एकल नाम सिफारिस भएका राजेन्द्रकुमार राईको क्षेत्रमा टिकाराम चेम्जुङ र शकुन्तला बस्नेतको नाम थपेर पठाउने निर्णय भएको छ।