तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
माओवादी केन्द्र छँदाका काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन्। उनी सोमबार दिउँसो एमाले प्रवेश गरेका हुन्।
उनलाई अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएको उनको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न ढिलो भएको बताएका थिए।लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि एमाले प्रवेश गरेका छन्।