देउवा पक्षका ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूह भनेर चिनिएका ३० जना केन्द्रीय सदस्य सहभागी भएका छन् ।
केन्द्रीय सदस्य पुष्पा भुसालले आफूसहित देउवा समूहका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको जानकारी दिइन् । पार्टीलाई विधि र थितिमा अघि बढाउन आफूहरु विशेष महाधिवेशनमा सहभागी भएको उनको भनाइ छ ।