छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरीलाई इन्टरनेशनल अचिभमेन्ट अवार्ड
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी इन्टरनेशनल अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। श्रीलंकामा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
नेपालकै पछाडि परेको, पहुँचविहीन तथा विभिन्न सामाजिक–आर्थिक समस्याले ग्रसित स्थानीय तहका रूपमा चिनिँदै आएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरीको नेतृत्वमा पछिल्लो समय उल्लेखनीय परिवर्तनको बाटोमा अघि बढिरहेको छ। योजनाबद्ध विकास, समावेशी सोच र प्रभावकारी नेतृत्वमार्फत गाउँपालिकालाई नयाँ दिशातर्फ डोर्याउन सफल भएका छन्।
देशकै कान्छा गाउँपालिका अध्यक्षका रूपमा परिचित चौधरीले स्थानीय तहको नेतृत्व मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत छिन्नमस्ताको पहिचान र सम्भावना उजागर गर्दै आएका छन्। केही समयअघि सिंगापुरमा सम्पन्न एसिया पोलिटिकल कन्फरेन्समा सहभागी हुँदै उनले स्थानीय शासनका अभ्यासहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए।