भेनेजुएलापछि अब ट्रम्पले ‘आँखा लगाउन सक्ने’ यी ५ देशहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्वाकांक्षाले परिभाषित हुँदैछ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई ठूलो सैन्य कारबाही मार्फत निशाना बनाए। अमेरिकी सेनाको विशेष अपरेशन ‘एब्सोल्युट रिजोल्भ’ अन्तर्गत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकालाई लगिएको घोषणा गरिएको छ, र उनीहरूलाई न्यूयोर्कमा संघीय अदालतमा लागुऔषध तथा आतंकबाहक सम्बन्धि आरोपहरूको सामना गराइनेछ।
ट्रम्पले यस कारबाहीलाई अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुन्रोले सन् १८२३ मा प्रतिपादन गरेको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन्। केहीले यसलाई ‘डोन्रो डक्ट्रिन’ को नामले पनि उल्लेख गरेका छन्।
ट्रम्पको नजरमा परेका प्रमुख देशहरू ग्रीनल्यान्ड, कोलम्बिया, इरान, मेक्सिको, क्यूबा हुन् ।