सिन्धुपाल्चोक–१ मा नेकपाबाट सापकोटा बने उम्मेदवार
आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–१ मा माधव सापकोटा (सुबोध)लाई उम्मेदवर बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–१ का लागि सुबोधलाई टिकट दिएका हुन् ।
सुबोध गत २०७९ को निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । जनयुद्धकालीन राजनीतिबाट हुर्केका उनी २०७९ मा पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए ।
अग्निप्रसाद सापकोटाकाले युवा पुस्तालाई प्रतिस्पर्धामा पठाउने गरी चुनावी मैदान छाडेपछि सापकोटाका भतिज सुबोधले अवसर पाएका थिए । सो निर्वाचनमा उनले एमालेका सरेश नेपाललाई पराजित गरेका थिए । आगामी निर्वाचनमा उनी विरुद्ध एमालेका आङदोर्जे शेर्पा उम्मेदवार बनाएको छ भने कांग्रेसको उम्मेदवार छनौट हुन सकेको छैन ।