गगन थापा पुगे विशेष महाधिवेशनस्थलमा
कांग्रेस संस्थापनको कारबाहीमा परेका महामन्त्री गगन थापा भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेका छन् ।
संस्थापनले कारबाहीको घोषणा गरेको केही समयपछि उनी भृकुटीमण्डपमा पुगेका हुन् । उनी भृकुटीमण्डप पुग्दा कार्यकर्ताले समर्थनमा नारा लगाएका छन् भने संस्थापनको विरोध गरिरहेका छन् ।