सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुन प्रतितोला २ लाख ७४ हजार ७ सय
स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। आजको कारोबारमा सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो। एकै दिनको उल्लेख्य वृद्धिसँगै सुन नयाँ रेकर्डमा पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढ्दै ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।