लुम्बिनी सांसद धर्मलाल चौधरी र माओवादी नेता ठम्मर विष्ट उज्यालो नेपालमा प्रवेश
काठमाडौँ, २६ पुस । नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल चौधरी, नेकपा माओवादी पूर्वसांसद ठम्मर विष्ट र अभियन्ता डा. नरबहादुर कार्की शनिबार कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्।
धर्मलाल चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् भने ठम्मर विष्ट सुर्खेतका पूर्वएमाले केन्द्रीय सदस्य थिए। हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्य पदमा पराजित भएका थिए।
उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले उनीहरूलाई पार्टीमा स्वागत गर्दै तीनै जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन्।
यससँगै उज्यालो नेपालले पार्टी संरचना बलियो बनाउँदै आगामी निर्वाचन र संगठन विस्तारतर्फ तयारी अघि बढाएको देखिन्छ।