खोटाङमा देवविक्रम राई र धनकुटामा राजेन्द्र राई एमालेकाे उम्मेदवार
नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ र धनकुटामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले खोटाङबाट देवविक्रम राई र धनकुटाबाट राजेन्द्र राईलाई प्रतिनिधिसभा उम्मेदवार चयन गरेको हो ।
दुवै जिल्लामा प्रतिनिधिसभा अन्तर्गत एक–एक मात्र निर्वाचन क्षेत्र रहेका छन् । धनकुटाका उम्मेदवार राजेन्द्र राई यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।