भृकुटीमण्डपमा विधान संशोधन प्रस्ताव: केन्द्रीय समितिमा ४० जनाको प्रतिनिधित्व तय
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनको प्रस्ताव राखेका छन् । विशेष महाधिवेशनमा पेश गरेको प्रस्तावमा केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० र ३० कटेर ४० नकटेका २० गरी ४० जनाको प्रतिनिधित्व रहने प्रस्ताव गरेका छन् ।
प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १०/१० जना, जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका कार्यसमितिमा न्युनतम ६/६ जना, वडा कार्यसमितिमा न्युनतम ४/४ जना सो उमेर समुहको रहने प्रस्ताव छ ।
केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्युनतम २ महिला र न्यूनतम १ जना ३० वर्षमुनिको पर्ने गरी जम्मा ४ जना प्रतिनिधि रहनेसहितको विधान संशोधनको प्रस्ताव अघि सारेका छन्।