भृकुटीमण्डपमा उम्मेदवारी दर्ता प्रक्रिया तीव्र
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि अहिले उम्मेदवारी दर्ताको काम धमाधम भइरहेको छ ।
नेताहरूले मनोनयनपत्र दर्ता गराइरहेका छन् । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय दिइएको छ । आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।