गैँडाको आक्रमणबाट भरतपुरमा एक जनाको मृत्यु
चितवन — गैँडाको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ निवासी ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार पाठक आज दिउँसो आफ्नै घर नजिकको बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उद्धार गरिएका पाठकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रमुख पुरीले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।