काठमाडौं- ६ मा कांग्रेसले सबुज बानियाँलाई बनायो उम्मेदवार
नेपाली कांग्रेसले काठमाडौं–६ मा सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ । काठमाडौं सभापति समेत रहेका बानियाँलाई उम्मेदवार बनाउने संसदीय बोर्डले निर्णय गरेको हो ।
यसअघि पनि काठमाडौं–६ बाट आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा भिमसेनदास प्रधानलाई कांग्रेसले उम्मेदवार बनाएको थियो ।