वीरगंजमा दुई किशोरमाथि छुरा प्रहार
वीरगंज महानगरपालिका वडा नम्बर १६ मा दुई किशोरमाथि सामूहिक छुरा प्रहार भएको छ। छुरा प्रहारबाट वीरज महतो र विकास कुमार महतो घाइते भएका छन् । घाइते किशोरका अनुसार मंगलबार साँझ उनीहरू आगो ताप्दै बसेको बेला समूहमा आएका व्यक्तिहरूले कुटपिट गर्दै छुरा प्रहार गरेका हुन् ।
घटनापछि दुवैलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूको उपचार भइरहेको छ । छुरा प्रहार गर्नेहरु फरार छन् ।