६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु
काठमाडौं, २७ पुस — नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कुल ६२ प्रतिशत प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिए।
पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग भए विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्।
सभापतिसहित संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन आह्वानमा आलटाल गरेपछि महामन्त्रीद्वयले नै प्रक्रिया अघि बढाएको बताइएको छ।
आचार्यका अनुसार महाधिवेशनका लागि नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। कार्यक्रम स्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरी कार्ड लिने क्रम जारी रहेको छ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७ (२) बमोजिम हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए। नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।