बैतडीमा एक लाख ५६ हजार मतदाता कायम
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । निर्वाचनका लागि जिल्लामा पाँच मतदान केन्द्र थपिँदा एक केन्द्र हटाइएको छ । यससँगै आगामी निर्वाचनमा बैतडीमा २१४ मतदान केन्द्र कायम भएका छन् भने मतदानस्थल १२९ नै छन् ।
निर्वाचन कार्यालयले अस्थायी मतदाता विवरण सङ्कलन तथा आवश्यक तयारीको काम तीव्र पारेको छ । मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्न थालेका छन् ।