म्याग्दीमा एमालेबाट प्रकाश पौडेलसहित ५ जना उम्मेदवार सिफारिस
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट नेकपा एमालेका युवा नेता प्रकाश पौडेलको नाम सिफारिस भएको छ ।
जिल्ला कमिटीको शुक्रवार सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो । पौडेलसँगै हरिकृष्ण श्रेष्ठ,बालकृष्ण सुवेदी,बादेवी राई र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।