काठमाडौँ- ५ मा राप्रपाले बनायो कमल थापालाई उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ–५ मा पूर्व अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थापाले आफूले टिकट पाएको पुष्टि गरेका छन्। यद्यपि, उनी यसअघि तल्लो कमिटीबाट सिफारिसमा परेका थिएनन्। थापाको उम्मेदवारी निश्चित भएसँगै सो क्षेत्रबाट सिफारिस भएका अन्य नेताहरू असन्तुष्ट बनेका छन्।
काठमाडौँ–५ बाट पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र हिक्मतजंग कार्की लगायतका नेताहरू उम्मेदवारका रूपमा सिफारिस भएका थिए।
यसअघि सम्पन्न अघिल्लो निर्वाचनमा कमल थापाले एमालेको सूर्य चिन्हबाट मकवानपुर निर्वाचन क्षेत्रबाट चुनाव लडे पनि पराजित भएका थिए।